२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

पार्टी पुनर्गठनसम्बन्धी सुझावपत्र तयार पार्न बादलको संयोजकत्वमा कार्यदल गठन

पार्टी पुनर्गठनसम्बन्धी सुझावपत्र तयार पार्न बादलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षालगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । तीन दिनदेखि जारी सचिवालय बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् । कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij