२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

टि–२० महिला क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टि–२० महिला क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

KLANG, MALAYSIA - MAY 22: Pictures from the match between Nepal and Malaysia during the Malaysia Women's vs Nepal Women's T20i Bilateral Series 2026 at Bayuemas Oval on May 22, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Malaysian Cricket Association

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि–ट्वान्टी खेलमा जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो ।

मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो ।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् । त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन् । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई÷दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एक÷एक विकेट विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij