न्युयोर्क (अमेरिका) । अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड उत्साहपूर्वक मनाइएको छ । गत आइतबार न्युयोर्कको अति व्यस्त शहर म्यानहाटनमा नेपाल डे परेडमा सहभागी हुन हजारौं नेपालीहरु भेला भएका थिए ।
नेपालकै विविधता झल्किने गरी विभिन्न भाषा भाषी तथा भेषभुषामा सजिएका नेपालीहरुलाई अन्य नागरिकहरुलेपनि चाखमानी नियालेका थिए भने कतिपयले त नेपाली मौलिक संस्कृतिलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे । न्युयोर्कको म्यानहाटन संसारकै प्रशिद्ध शहर मध्येको एक भएकोले सो स्थानमा नेपाल डे परेड गर्नु आफ्रैमा गौरवको विषय भएको परेडका मेडिया कोेर्डिनेटर बैगम पण्डितले जनाए ।
अघिल्ला बर्षहरुमा पनि नेपाल डे परेड हुंदै आएको हो, तर यसपटक अघिल्ला बर्षहरुमा नसमेटिएका तथा सहभागी नभएका नेपाल आदिवासी जनजाती महाँसंघ अमेरिका फिप्ना लगायतका संस्थाहरुको उल्लेख्य सहभागीताले परेडलाई अझ व्यापक र विविधतापुर्र्ण बनाएको न्युयोर्कका सामाजिक अगुवा कृष्ण आचार्यले बताए ।
नेपाल डे परेड मनाउन नेपालको हिमाल देखि पहाड र तराई, शेर्पा देखि थारु समुदायको प्रतिनिधित्व गर्दै विविध समुदायले आफ्नो भेषभुषा सहित उपश्थिती जनाएर नेपाल विविधतामा कम छैन भन्ने सन्देश दिएका थिए । सुदुरपश्चिमेलीको देउडा, विभिन्न जनजातीहरुका मौलिक बाजागाजा तथा मध्य नेपालमा प्रख्यात पञ्चेबाजाले न्युयोर्कको म्यानहाटन गुञ्जायमान भएको थियो ।
नेवार समुदायको मौलिक संस्कृति लाखेनाचदेखि तामाङ, गुरुङ तथा शेर्पा समुदायको पहिचान तथा संगीतले नेपालीहरु साँस्कृतिक रुपमा निकै धनी छन भन्नेपनि विश्व समुृदायले महसुस गर्यो । नेपालका क्षेत्रीय, जातीय तथा अन्य विभिन्न सँघसंस्थाहरुकोे उपस्थितिले न्युयोर्कको म्यान हाटनलाई नेपालमय बनाउन मद्दत गरेको थियो ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij