२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गरिने

राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो । उनले भने, ‘सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ ।’

सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले राजनीतिक दलका साथै विभिन्न पेसा र क्षेत्रका व्यक्तिसँग सुझाव लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij