२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

शान्ति वार्तामा सहभागी हुन इरानी टोली अझै आएन पाकिस्तान

शान्ति वार्तामा सहभागी हुन इरानी टोली अझै आएन पाकिस्तान

इस्लामाबाद । शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तानले इस्लामावादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।’

तरारले भनेका छन्, ‘पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ।’

उनले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।’

वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल भने मङ्गलबार इस्लामावाद आइपुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij