२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

कैलाली । नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्बल धनगढी च्याम्पियन भएको हो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाइनल खेलमा बैंकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ गोलले पराजित गरेको हो।

बैंकर्स क्लबले उपाधिसँगै २२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ । प्रतियोगिताको समापन समारोहमा सन्तती आइभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इञ्जिनियर राजन रानालगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij