२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

नवनिर्वाचित सांसदहरूलाई शपथमा यी कागजात अनिवार्य लिएर आउन संसद सचिवालयको आग्रह

नवनिर्वाचित सांसदहरूलाई शपथमा यी कागजात अनिवार्य लिएर आउन संसद सचिवालयको आग्रह

काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल

र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ ।

सचिवालयले सबैजनलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ । नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ–आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij