२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

पितृशोकमा रहेका ओलीलाई रास्वपा उपसभापति अर्यालले गुण्डु पुगेर दिए समवेदना

पितृशोकमा रहेका ओलीलाई रास्वपा उपसभापति अर्यालले गुण्डु पुगेर दिए समवेदना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का उपसभापति डीपी अर्याल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् । पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् ।

सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै उनले शोकसन्तप्त ओली परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij