२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सहकारी,सुन र सिंहदरबार जलाउने काण्डमा जोडिएका रास्वपाका बदनाम उम्मेदवार

सहकारी,सुन र सिंहदरबार जलाउने काण्डमा जोडिएका रास्वपाका बदनाम उम्मेदवार

सफा राजनीति र सुशासनको चर्को नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस पटकको निर्वाचनमा आफ्नै उम्मेदवार छनोटका कारण रक्षात्मक बनेको छ । विभिन्न क्षेत्रमा विवादित छवि भएका र गम्भीर आरोप लागेका व्यक्तिहरूलाई टिकट दिएपछि रास्वपामा अहिले पहिरो नै गएको छ । सुनतस्करीमा मुछिएका देखि सिंहदरबार जलाउन उक्साउने सम्मका विवादीतहरुलाई रास्वपाले चुनावी मैदानमा उतारेको छ । तर, उसका गफ भने सुशासनको छ । उसो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वयंनै विवादै विवादमा मुछिएका पात्र हुन् ।

सहकारी ठगीमा जोडिएका रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला आफ्ना कामका कारणभन्दा बढी ‘विवाद र काण्ड’का कारण चर्चामा छन् । नागरिकतादेखि सहकारी ठगीसम्मका मुद्दाले उनलाई ’विवादको पर्याय’ जस्तै बनाएको छ । सहकारीको पैसा अपचलनको मुद्दा भोगिरहेका उनी चुनाव जितेपनि संसद पस्न पाउनेछैनन् । हजार प्रश्न लिएर कुदिरहेका दागी लामिछानेका के के छन् त काण्ड ?

सहकारी ठगी (६७ करोड अपचलन) : गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेमाथि सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीबाट ६७ करोड रुपैयाँ अवैध रूपमा ल्याएको आरोप छ । संसदीय समितिले समेत उनलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । अहिले पनि उनी यही मुद्दामा प्रहरी हिरासत र अदालत धाइरहेका छन् ।

नागरिकता काण्ड :
अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरी चुनाव लडेका उनलाई सर्वोच्च अदालतले ‘अवैध’ ठहर गरेको थियो । यही काण्डका कारण उनले एकै दिन सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमेको थियो ।

दोहोरो राहदानी :

अमेरिकी नागरिक रहँदै गर्दा अवैध नेपाली नागरिकता प्रयोग गरी नेपाली पासपोर्ट लिएकोमा उनीमाथि ‘दोहोरो राहदानी’को मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन छ ।
पछिल्लो समय उनको बालेन शाहसँगको राजनीतिक सम्झौतालाई धेरैले आफ्नो ’दागी’ छवि लुकाउन र सत्तामा पुग्ने अन्तिम अस्त्रका रूपमा विश्लेषण गरेका छन् । चुनावपछि फेरि हल्यिै हिरासतमा जाने हो कुनै टुंगो नभएका लामिछाने अहिले सामाजिक सञ्जालको बलमा आफुलाइए बलशाली देखाउन खोजिरहेपनि उनी भित्रभित्रै खोक्रो बनिसकेका छन् ।

सुनकाण्ड : नितिमा भण्डारी कार्की (सर्लाही क्षेत्र नं. १)
सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाले विवादीत पात्र नितिमा भण्डारी कार्कीलाई उम्मेदवार बनाएको छ । उनी ३३ किलो सुनतस्करी काण्डमा मा जोडिएका ’बाजेको सेकुवा’ का सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन् । सुशासनको कुरा गर्ने पार्टीले विवादास्पद पृष्ठभूमिका व्यक्तिका परिवारलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको छ ।

सिंहदरबार जलाउने कृष्णकुमार कार्की (मोरङ २)

मोरङ निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार छन्, अर्का विवादीत पात्र कृष्णकुमार कार्की । कार्की तिनै व्यक्ति हुन्, जसले जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमा आगजनी गरे र उत्सव मनाए । जसले रविलाई सहकारी ठग र इन्दिरा रानामगरमाथि मानवतस्करीको खुला आरोप लगाएका थिए । तर, अहिले किन यस्ता पात्रलाई टिकट दिन रास्वपा तयार भयो ? धेरैले अचम्म मानेका छन् ।

हामी संसद भवनभित्र छिर्यौँ, अगाडि रहेका पुराना कुर्सीहरू जम्मा गर्यौँ, आगो बाल्यौँ र खुसीयाली मनायौँ भनेर हाकाहाकी लेख्ने व्यक्तिलाई त्यही संसदमा जान्छु भन्न कुन नैतिकताले दिन्छ होला ? मोरङ २ का जनताले फागुन २१ मा यसको जवाफ मतमार्फत दिने तयारी गरेका छन् ।

विध्वशंलाई प्रोत्साहन गर्ने गणेश कार्की (मोरङ क्षेत्र नं. ३)

गणेश कार्की, तीनै पात्र हुन् जो सिंहदरबार र संसद भवन जलाउन उक्साउने पात्रमध्ये हुन् । भदौ २३ र २४ गतेका उनका गतिविधि शंकाको घेरामा छ । तर, यस्ता विवादीत पात्र कार्की मोरङ ३ मा रास्वपाका उम्मेदवार छन् । सिंहदरबार जलाउने भन्दै मतदाताले सातो खाएपछि अहिले उनी घरदैलो गर्नसमेत सोच्नुपर्ने अवस्थामा छन् ।

विवादित धनञ्जय रेग्मी (स्याङ्जा क्षेत्र नं. १)

रास्वपाले स्याङ्जा एक मा पनि बद्नाम पात्रलाई उम्मेदवार बनाएको छ । नेपाल पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीको उम्मेदवारीले स्याङ्जामा ठूलो विद्रोह निम्त्याएको छ । उनीमाथि पर्यटन बोर्डको नेतृत्वमा रहँदा व्यापक आर्थिक अनियमितता गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको नशामा भन्सारका कर्मचारीलाई हातपात गरेका बद्नाम पात्र हुन् ।त्यस्तै सुन तस्करीको घटनामा पनि उनको नाम जोडिएको थियो । अवैध सुन ल्याएको भन्दै भन्सार कार्यालयले उनलाई कारवाही समेत गरेको थियो ।

हाइज्याकरको आरोप लागेका सुदन गुरुङ (गोरखा क्षेत्र नं. १)

हामी नेपाली अभियानका अभियन्ता बताउने विवादीत पात्र सुदन गुरुङ पनि रास्वपाका उम्मेदवार छन् । उनलाई रास्वपाले गोरखा १ मा उम्मेदवार बनाएको छ । जेनजी आन्दोलनलाई हायज्याक गरेको, हिंसात्म बनाएको र सिंहदरबार जलाएको गम्भीर आरोप उनीमाथि छ । विवादीत दलाई लामा समर्थक टिओबी सँगको उनको सम्वद्ध पनि शंकास्पद मानिन्छ ।

उस्तै विवादित बब्लु गुप्ता,सिरहा १

सिरहा १ मा पनि रास्वपाले बद्नाम पात्र बब्लु गुप्तालाई उम्मेदवार बनाएको छ । उनी भाडाका आन्दोलनकारीका रुपमा परिचित छन् , सिंहदरबार र संसद भवन जलाउने अभियानमा सक्रिय थिए गुप्ता । उनी महेश बस्नेतको पक्षमा लागेर शोभा पाठक अपहरण र उनको नग्न भिडियो खिच्न संलग्न भएको गम्भीर आरोप छ ।

आन्दोलनमा मान्छे उतारेर दालभातको व्यवस्था गर्दै आउका यस्ता भाडाका पात्र संसद भए संसदको मर्यादा के रहला ? अझ मन्त्री हुँदा अमेरिका जानै नक्कली कार्यक्रम बनाएर भाग्न खोजेका यीनी सांसद भए कुनै कार्यक्रममा जाँदा विदेशमै भाग्दैनन् भन्ने के ग्यारेन्टी ? यस्तो कुनै सामाजिक उत्तरदायित्व नभएका वयक्ति बोकेर समाज बदल्ने नारा दिइरहेको रास्वपालाई उसकै नाराले गिज्याइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij