२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

गगन थापाको प्रतिज्ञापत्रः दशगजा उज्यालो अभियानदेखि मिसन रोजगारी अभियानसम्म(पूर्णपाठ)

गगन थापाको प्रतिज्ञापत्रः दशगजा उज्यालो अभियानदेखि मिसन रोजगारी अभियानसम्म(पूर्णपाठ)

काठमाडौंँ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार गगन थापाले सर्लाही ४ का लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सोमबार सभापति थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, कृषि उत्थानलगायतका मुद्दा अघि सारेका छन् ।

उनले डुबान समस्या समाधान गर्ने, बाँधको मर्मत गर्ने, नहर र सडक, ढल निकासको समस्या समाधान गर्ने वाचा गरेका छन् । त्यस्तै तीनै तहका सरकारहरूसँग समन्वय गरेर पूर्वाधारको समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै, गणित, विज्ञान र अंग्रेजीको शिक्षक उपलब्ध गराउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् । त्यस्तै यहाँका स्वास्थ्य संस्थाहरू मार्फत घर नजिकै सहज रुपमागुणस्तरीय सेवा सुनिश्चित गर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी लागुऔषध र कुलतविरुद्ध शून्य सहनशीलताको नीति लिँदै गाउँ–गाउँमा सचेतना अभियान र सिर्जनात्मक केन्द्रहरू सञ्चालन गर्ने उल्लेख गरेका छन् । आधुनिक उपकरण र विशेषज्ञसहित मधेश मृगौला उपचार केन्द्र स्थापना गर्ने वाचा गरेका छन् । उनले मल कारखानालाई मधेशमा स्थापना गर्न पहल गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij