२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ नेता वाङबीच भेटवार्ता

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ नेता वाङबीच भेटवार्ता

म्यूनिख । अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र उनका चिनियाँ समकक्षी वाङ यीबीच म्युनिख सुरक्षा सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।
रुबियोको टोलीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने र विशेष गरी व्यापार मुद्दाहरूमा छलफल गर्ने बताएको केही दिनपछि यो वार्ता भएको हो ।

रुबियो र वाङले बभेरियाको राजधानीको एक प्रमुख होटलमा भेटेका थिए तर भेटमा भएको छलफलबारे पत्रकारलाई जानकारी गराउन चाहेनन् ।
ट्रम्प गत वर्ष सत्तामा आएदेखि वासिङ्टन र बेइजिङबीच करवृद्धिलाई लिएर तनाव देखिँदै आएको छ।

रुबियो र वाङले गत जुलाईमा मलेसियामा भेट गरेका थिए र त्यपछि कैयौँ पटक टेलिफोनमा कुराकानी गरेका थिए । रुबियोले शनिबार बहुप्रतीक्षित सम्बोधन गर्नुअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँग श्रृंखलाबद्ध बैठकहरू गर्ने तयारी गरेका छन् ।

सीआईएले बिहीबार जारी गरिएको नयाँ चिनियाँ भाषाको भिडियो सार्वजनिक भएसँगै जासुस भर्ती गर्ने योजना विस्तार गरेको चर्चा चलिरहेका समय यो बैठक भएको हो, जसले असन्तुष्ट सैन्य अधिकारीहरूलाई लक्षित गर्न खोजेको छ। बेइजिङले विदेशी जासुसी प्रयासविरुद्ध ‘सबै आवश्यक उपाय’ अवलम्बन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij