२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

हायात रिजेन्सीले गर्‍यो १३३ जना श्रमिक कटौतीको घोषणा

हायात रिजेन्सीले गर्‍यो १३३ जना श्रमिक कटौतीको घोषणा

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ। होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो।

सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ।

कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ। होटलका अनुसार, विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको जनाएको छ। होटलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।

होटलका महा–प्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘हालको अवस्था र आर्थिक क्षतिका कारण होटल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ।‘

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij