२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

शेयर बजारमा उछाल, नेप्से ५३ अंकले बढ्यो

शेयर बजारमा उछाल, नेप्से ५३ अंकले बढ्यो

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा सेन्चुरीले बढेको छ ।

बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको छ । एक दिन नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५२८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij