२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल भ्रमणमा आएका कोरियन नागरिक सोलुखुम्बुमा मृत फेला

नेपाल भ्रमणमा आएका कोरियन नागरिक सोलुखुम्बुमा मृत फेला

नेपाल भ्रमणमा आएका एक कोरियन नागरिक सोलुखुम्बुमा मृत फेला परेका छन्।

कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङल्हामु गाउँपालिका–४ स्थित एक रिसोर्टको बाथरुममा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

रिसोर्टमा बास बसेका ग्याङ मङ्गलबार राति रिसोर्टको बाथरुपमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए। उनको शव पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ।

गएको असोज ३० गते ग्याङ सगरमाथा क्षेत्रको भ्रमणका लागि सोलुखुम्बु गएका थिए। उनको मृत्युको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij