काठमाडौँ- आज कात्तिक १६ गते (बिहीबार)देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घन्टा कम हुने भएको छ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घन्टा मात्रै तोकेको छ।
कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ।
आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपराह्न ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij