काठमाडौं । नेपाल प्रहरीले आज टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्दैछ ।
सैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए ।
उनका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउने छ । भने, अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यविनायक हुँदै पुनः नक्साल आउने छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij