२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कोशी प्रदेशको लगानी सम्मेलन : मोनोरेलदेखि कोदोको रक्सीसम्म

कोशी प्रदेशको लगानी सम्मेलन : मोनोरेलदेखि कोदोको रक्सीसम्म

कोशी प्रदेशले आयोजना गर्ने लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ हुँदै छन् । त्यसरी सोकेसिङ गरिने परियोजना कृषि उत्पादनदेखि बसपार्क निर्माणसम्म समेटिएको छ ।

विराटनगरमा पाँचतारे होटल बनाउने, इलाममा मोनोरेलदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नेसम्मका परियोजना समेटिएको छ । त्यसैगरी, नाम्चे, हलेसीलगायतका क्षेत्र लक्षित गरी पोडवे निर्माण गर्ने परियोजना पनि समेटिएको छ । अनि, पदमार्ग निर्माणदेखि व्यापारिक भवन निर्माणसँग जोडिएका परियोजना पनि समेटिएको छ ।

प्रदेश सरकारले छनोट गरेका ७१ वटा परियोजनामा करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

परियोजना सोकेसिङमा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सोलुखुम्बु, संंखुवासभा, तेह्रथुम, इलाम, ताप्लेजुङ, पाँचथर, खोटाङलगायत जिल्लाबाट योजना छनोट गरिएको छ । ती जिल्लाबाट छनोट भएका परियोजनाहरुमा अलैन्ची, चिया, एभोकार्डो र किबीखेती, बेसार र छुर्पी उत्पादन, पर्यटकीय ताल निर्माण र सिमसार क्षेत्रको संरक्षण, केबलकार निर्माण, विज्ञान प्रविधि केन्द्र स्थापना, पदमार्ग सञ्चालन, पुरातात्विक क्षेत्रको संरक्षण, नयाँ पर्यटकीय क्षेत्र निर्माण, सहरमा व्यापारिक कम्प्लेक्स निर्माणलगायतका परियोजना समावेश छन् ।

यी हुन् सोकेसिङ गर्ने परियोजना 

  • रासा ताल पर्यटक परियोजना
  • मुर्कुची–लिम्चुम्बङङु– हलेसी पोडवे
  • कोशी रिफ्रेसमेन्ट सेन्टर
  • कोशी पोडवे परियोजना
  • हर्बल प्रशोधन परियोजना
  • विराट राजा दरबार संग्रहालय
  • एग्रोप्रोसेसिङ  सेन्टर
  • कन्काई–इलाम–सन्दकपुर पोडवे
  • एकीकृत फोहोर व्यवस्थापना  परियोजना
  • विज्ञान केन्द्र मोरङ
  • कोदोको रक्सी परियोजना
  • छुुर्पी उद्योग
  • अलैँची उत्पादन तथा  प्रशोधन
  • बेसार  उत्पादन तथा  प्रशोधन  केन्द्र
  • एभोकाडो प्रशोधन उद्योग
  • किबी प्रशोधन उद्योग
  • दुग्ध उत्पादन तथा प्रशोधन
  • आमादब्लम  मिनी हाइड्रो
  • उदयपुर क्लिङ्कर परियोजना
  • बारजु  सौर्य ऊर्जा परियोजना
  • सिटरुस फ्रुुट्स फार्मिङ
  • देउमाई कफी फार्म
  • ग्रीन हाइड्रोजन केमिकल फर्टिलाइजर
  • बुद्धपार्क–चित्रे गुम्बा केबलकार परियोजना
  • काँकडभिट्टा बसपार्क परियोजना
  • इथानोल प्रशोधन प्लान्ट परियोजना
  • कन्याम मोनोरेल परियोजना
  • चौरिक–चेदिङमा केबुलकार  परियोजना
  • चौँरीखर्क–नाम्चे रोपवे
  • खाँदबारी–नुम पदमार्ग
  • एक्सिस ५ तारे होटल विराटनगर
  • भेडेटार बहुउद्देश्यीय कम्प्लेक्स
  • विराटनगर बहुदेश्यीय व्यवसायीक भवन
  • कोशी प्रदेशको डिजिटलाइजेसन

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij