नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट ४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रारम्भिक अनुमान छ।
आगालागीबाट औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा। निराजन सुवेदीले जानकारी दिए। उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij