२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

तीनकुने घटनाका आरोपी सन्तोष राजावादी पक्राउ

तीनकुने घटनाका आरोपी सन्तोष राजावादी पक्राउ

काठमाडौँ । गत चैत्र १५ गते तीनकुनेमा पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा सहभागी थप एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाल रहेका छन् । उनलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको हो ।

राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जना मारिएका थिए भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी गरिएको थियो । यसै क्रममा प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij