२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

स्वास्थ्य सचिवमा विकास देवकोटा

स्वास्थ्य सचिवमा विकास देवकोटा

काठमाडौं । स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिवमा बढुवा गरेको हो।

उनी मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा काम गर्दै आएका थिए। अतिरिक्त सचिवमा रहेका तीनजना बीच सचिवका लागि प्रतिस्पर्धा चलेको थियो ।

अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरिएको थियो । तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो। देवकोटा स्वास्थ्यमन्त्री प्रदीप पौडेल निकट मानिन्छन्

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij