काठमाडौँ । झन्डै ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा उज्वेकिस्तानका नागरिकहरू अखमदजनोभ्ना डिल्फुजा मारिफालिब ९महिला० , इस्राइलोभ्ना साओदत फैजिवा ९महिला० , गुलामनोभन उमिदा अखमेदोभ ९महिला० र सरदार तुर्सुनोभ ९पुरुष० छन्।
प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।
फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। भन्सार चेकजाँचमा सशस्त्र प्रहरी बल र कर्मचारीलाई जिम्मा दिइएको छ।
भन्सार पास भइसकेको अवस्थामा टर्मिनल गेटमा शंकास्पद गतिविधिक गरेको भन्दै नेपाल प्रहरीले उनीहरूलाई सोधखोज गरेको थियो। उनीहरू त्यहीँबाट पक्राउ गरेको हो।
चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij