२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

जापान पठाइदिन्छु भनेर १ करोड २३ लाख ठगी गर्ने महिला पक्राउ

जापान पठाइदिन्छु भनेर १ करोड २३ लाख ठगी गर्ने महिला पक्राउ

बाँके । रोजगारीका लागि जापान पठाइदिन्छु भनेर प्रलोभन देखाई रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन्।

बाँके प्रहरीले जिल्लाको बैजनाथ गाउँपालिका–५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई नियन्त्रणमा लिएको हो। उनले वर्किङ भिसामा जापान पठाउने भन्दै विभिन्न व्यक्तिहरूसँग १५ लाखका दरले एक करोड २३ लाख रकम ठगेको आरोप छ।

वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भई पक्राउ आदेश जारी भएकी मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको टोलीले पक्राउ गरी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij