उक्त विषयमा उत्पन्न विवाद समाधानका लागि सरकारले आन्दोलनरत पक्षबीच आज भएको वार्तामा ६ बुँदे सहमति भएको हो।
गृह मन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत विभिन्न पक्षबीच भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने तथा माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता गर्ने सहमति भएको छ।
यस्तै छलफलमा सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्योपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने तथा आन्दोलनका क्रममा थुनामा रहेको थुनुवाहरुको बिनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमति भएको हो।
मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न २०८१ माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गरिने तय भएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij