२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

न्याय परिषदको सदस्यमा खड्का सिफारिस

न्याय परिषदको सदस्यमा खड्का सिफारिस

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको बार कार्यसमिति बैठकले खड्काको नाम सिफारिस गरेको बारकी महासचिव अञ्जिता खनालले जानकारी दिइन्।

वरिष्ठ अधिवक्ता खड्का संसदीय सुनुवाइबाट अनुमोदन भएपछि परिषद् सदस्यमा नियुक्त हुनेछन्।

न्यायपरिषदमा प्रधानन्यायाधीश, कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सदस्य हुन्छन्।

यसका साथै प्रधानमन्त्रीले सिफारिस गर्ने एक जना र नेपाल बार एसोसिएसनले सिफारिस गर्ने एक जना सदस्य हुने संवैधानिक व्यवस्था छ।

यसअघि बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि खड्कालाई सिफारिस गरिएको हो।

परिषदमा सदस्यको पदावधि चार वर्षको हुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij