२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु

भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु

काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।

गएराति साढे सात बजे भद्रकाली मोडमा सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०२ ०१८ प ९२७७ नम्बरको स्कुटरमा सवा शर्मालाई सेनाको प्र.३०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनापछि ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij