२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मधेसमा कांग्रेस सरकारलाई धक्का, एमालेले फिर्ता लियो समर्थन

मधेसमा कांग्रेस सरकारलाई धक्का, एमालेले फिर्ता लियो समर्थन

जनकपुरधाम । मधेस प्रदेशमा सत्ता समीकरण फेरिने भएको छ । नेकपा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

शुक्रबार एमालेका तर्फबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले एमालेसँग गरेको १५ बुँदे सम्झौता कार्यान्वयन नगरेपछि सरकारबाट बाहिरिने निर्णय लिएको एमालेले जनाएको छ ।

यसअघि मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नेकपा सहभागी सरकार सञ्चालनमा थियो। एमालेको निर्णयसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij