२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्‌ने विद्युत् प्राधिकरणको निर्णय

बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्‌ने विद्युत् प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत्‌ प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन नकाटेर बक्यौता असुली गर्न निर्देशन दिएकाले बोर्ड बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको विद्युत्‌ प्राधिकरण स्रोतले जनाएको छ ।

बोर्डको निर्णयप्रति सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका छन् । यसअघि विद्युत्‌ नियमन आयोगले बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुलीको लाइन नकाट्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij