दिल्ली । भारतको राजधानी दिल्ली संसारमै सबैभन्दा बढी वायु प्रदूषित सहर भएको छ। आज (नोभेम्बर १३) मा स्विस फर्म आईक्यूएयरको सूचीमा दिल्ली एक नम्बरमा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विश्वका १२१ सबैभन्दा प्रदूषित देशको सूचीमा दिल्लीसहित भारतका तीन सहर परेका छन्। अन्य दुईमा कोलकाता र मुम्बई हुन् ।
यसैबीच आज काठमाडौँ भने सबैभन्दा बढी वायु प्रदूषित सहरको आठौँ नम्बरमा परेको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij