२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

ध्रुव महर्जनलाई कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने राप्रपाको निर्णय

ध्रुव महर्जनलाई कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा राप्रपाले मेयरमा पार्टीकातर्फबाट महर्जनलाई उम्मेदवार बनाएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

त्यस्तै राप्रपाले वडा नम्बर १ को वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ ।

आज आयोजित कार्यक्रममा युवाहरूको ठूलो संख्या राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको छ । अध्यक्ष लिङ्देनले आजै चुनावी प्रचार कार्यालय पनि उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij