२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

पर्वतमा बाढीले बगाएको जिप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता

पर्वतमा बाढीले बगाएको जिप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता

काठमाडौँ- पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो। जिपसँगै एक जना यात्रु मृत भेटिएका छन्। मृतकको सनाखत भइसकेको छैन।

जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। बेपत्ता यात्रुको खोजी जारी छ। उनीहरु सवै पुरुष हुन्।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजना बेपत्ता भएका थिए।

खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जिप बगेको हो। जिपका चालक वसन्त थापा ढुंगा पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन्।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्। शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij