२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

काठमाडौं : सल्यानको कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा जीप दुर्घटनामा परेको हो।

मृतकको पहिचान हुन सकेको छैन। जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij