२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः प्रभु साह

विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः प्रभु साह

काठमाडौं ।  आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने बताए ।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बौं मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको बताए । दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्‍याउन पनि उनले अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij