२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने

पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताइन्।

स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताइन् ।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले रु पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । ‘वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ । दसौं तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij