काठमाडौँ- डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा गएराति दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार थिए।
त्यसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी निरीक्षक नायकले जानकारी दिए।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij