२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सचिवालयलाई सभामुखको निर्देशन

योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सचिवालयलाई सभामुखको निर्देशन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र आन्दोलनलाई ‘हिंसा’ भनेपछि संसदमा तनाव भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सचिव भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनाव भएको हो ।

एमाले सचिव भट्टराईले माओवादीले संचालन गरेको ‘हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए । माओवादी सांसदले भट्टराईले बोलेको हिंसा शब्द हटाउन माग गरेका छन् ।

उनीहरुले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने बताएपछि तनाव भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यसको नियमापत्ति गरेका थिए ।

पाण्डेले भने, ‘यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।’

त्यस्तै माओवादी सचिव देवेन्द्रराज पौडेलले पनि आफूहरु शान्ति प्रक्रियामा आएको भन्दै शान्ति प्रक्रियालाई भड्काउने काम नगर्न चेतावनी दिए ।

त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए । तर त्यसपछि पनि एमालेका सचिव भट्टराई र रघुजी पन्तले ‘हिंसा’शब्द पटक पटक दोहोर्याएका थिए ।

माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो । यसरी माओवादीले लगातार त्यसको विरोध गरेपछि भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij