२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

१० दिनदेखि बेपत्ता डा. प्रज्वल कोइराला मृत अवस्थामा भेटिए

१० दिनदेखि बेपत्ता डा. प्रज्वल कोइराला मृत अवस्थामा भेटिए

इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डा. प्रज्वल कोइरालाको मृत शरीर आज फेला परेको छ ।

झापाको दमक नगरपालिका–१ का कोइराला उदयपुरको बेलका नगरपालिका–८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।

प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोसी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

डा. कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएको र सोही दिनको राति २ बजे कोसी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए । प्रेम सम्बन्धमा असफल भएका कारणले कोसीमा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij