२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

एनपिएललाई आइसिसीको  मान्यता

एनपिएललाई आइसिसीको  मान्यता

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान काठमाडौँ, २० असोजः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ ।

नेपाल क्रिकेट सङ्घका अनुसार आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तरराष्ट्रिय पहिचानलाई विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij