अमेरिका । नेपाली मूलका डिल्ली भट्टराई अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलस सिटी काउन्सिल मेम्बरको उम्मेदवार बन्नुभएको छ । अमेरिकामा रहेका नेपाली माझ चिरपरिचित सामाजिक अभियन्ता भट्टराई साढे २ दशक देखि अमेरिकामा बस्दै आउनुभएको छ ।
उहाँ हाल हर्कुलस सिटी प्लानिङ कमिशनरको रुपमा कार्यरत हुनुहुन्छ । हर्कुलस सिटी काउन्सिलको निर्वाचन नोभेम्बर ५ तारिखमा हुँदैछ । भट्टराईसहित ३ जनाले काउन्सिल मेम्बरमा उम्मेदवारी दिएका छन् । एनआरएनका पूर्व आइसीसी सदस्य भट्टराई एनआरएनए अमेरिकाको पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको मूलघर रुपन्देही हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij