२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

प्रदेश प्रहरी गठन प्रकृया छिट्टै सुरु हुन्छः गृहमन्त्री लेखक

प्रदेश प्रहरी गठन प्रकृया छिट्टै सुरु हुन्छः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लगिने बताएका छन् ।

बिहीबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले २०१२ सालमा बनेको कानुनलाई परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताएका हुन् ।

उक्त मस्यौदालाई सहमतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको उनले बताए । अर्थ मन्त्रालयले सहमति दिएपछि मस्यौदा मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकले बताए ।

गृह मन्त्रालयले बनाएको उक्त मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रकृया सुरु हुने उनको भनाइ छ ।

गृहमन्त्रीले भने, ‘नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।’

वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै सम्झौता नहुने र मुलुकमा शान्ति सुुव्यवस्था कायम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij