टेक्सस । चर्चित नेपाली कलाकारहरुले तीजको अवसरमा अमेरिकाको टेक्ससस्थित अस्टिनमा आयोजना हुने ‘अब नाच्छ अमेरिका’ नामक सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन् । चर्चित कलाकाररु रचना रिमाल, ज्योति मगर, सपनाश्री परियार र करिश्मा ढकाल लगायतले सांस्कृतिक प्रस्तुति दिनेछन् ।
गोरखा ग्रुप एलएलसीले आगामी सेप्टेम्बर ८ मा आयोजना गर्ने कार्यक्रम साँझ ५ बजेदेखि राति साढे ९ बजेसम्म सञ्चालन हुनेछ । अमेरिकामा रहेका नेपालीहरुबीच आपसी हार्दिकता बढाउन र सांस्कृति पर्व तीजलाई भव्य रुपमा मनाउन ‘अब नाच्छ अमेरिका’ आयोजना गरिएको आयोजक गोरखा ग्र्रुप एलएलसीका प्रबन्ध निर्देशक डिबी रावतले बताउनुभयो ।
कार्यक्रममा अस्टिनस्थित इएल प्यालेसिओ इभेन्ट सेन्टरमा हुनेछ । सहभागिताका लागि साधारणतर्फ ३५ डलर र भीआइपीतर्फ १ सय डलर टिकट शुल्क राखिएको छ । कार्यक्रमका सहयोगीका रुपमा एन्थोला इन्टरटेन्टमेन्ट, नमोनमस्ते इन्टरटेन्टमेन्ट र नेपालीज इन्टरटेन्टमेन्ट रहेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij