२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

इस्तानबुलमा ८० वर्ष यताकै भारी वर्षा, तीन जनाको मृत्यु

इस्तानबुलमा ८० वर्ष यताकै भारी वर्षा, तीन जनाको मृत्यु

इस्तानबुल । टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने चार जना बेपत्ता छन् ।

बुधबार बिहानदेखि टर्कीको सबैभन्दा ठूलो शहरमा वर्षा सुरु भएको थियो र दिनभरि तीव्र हुँदै गएको थियो। यसले अराजकता र अचानक बाढी निम्त्यायो। भिडियोहरूमा बर्षापछि आएको तीव्र बाढीले कारहरू बगाएको देखिन् छ।
“हामी यहाँ सन् १९४२ मा रेकर्ड सुरु भएदेखिको इस्तानबुलको उच्चतम वर्षाको कुरा गर्दैछौँ,” इस्तानबुलका गभर्नर दाउत गुलले भने ।

कागितहाने क्षेत्र (युरोपेली भाग) को एउटा पार्क नजिकै एक पुरुषको शव भेटिएपछि बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गुलको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

आँधीले बालत क्षेत्रमा एउटा पोखरीमा टेकेर बिजुलीको झट्का लागेका १४ वर्षीय बालकको पनि ज्यान लियो। उनलाई अस्पताल लगिए पनि चिकित्सकहरूले बचाउन सकेनन्, अधिकारीहरूले भने।

चार जना अरू बेपत्ता छन्, अधिकारीहरूले जनाएका छन् । एएफपीका एक फोटोग्राफरले रिपोर्ट गरेअनुसार बिहीबार इस्तानबुल नगरपालिकाका टोली र दमकलकर्मीहरू विद्यालय, फुटबल मैदान, ग्यारेज र अन्य स्थानमा सफाइ अभियान चलाई बाढीग्रस्त क्षेत्रबाट पानी तान्दै र हिला हटाउँदै गरेका देखिन्थ्यो ।

बुधबार साँझ गभर्नरले इस्तानबुलभरिका विद्यालयहरू सोमबारसम्म बन्द रहने घोषणा गरेका थिए । उनले मानिसहरूलाई ‘अत्यन्त आवश्यक नभएसम्म’ घरभित्रै बस्न आग्रह गरे भने घरमा तल्लो तल्लाका बस्नेहरूलाई ‘रात माथिल्ला तल्लामा सुरक्षित बिताउन” सुझाब दिएका थिए ।

इस्तानबुलको एसियाली भाग बेयकोजमा तीन तले कम्प्लेक्स वरिपरिको एउटा पर्खाल भत्किएपछि सुरक्षाका कारण भवन खाली गरिएको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

अनलाइनमा पोस्ट गरिएका र डीएचए समाचार एजेन्सीले सङ्कलन गरेका नाटकीय भिडियोहरूमा उत्तरी सार्येर जिल्लामा पार्क गरिएका कारहरूको लहर हिलो पानीको बाढीमा धकेलिएर बगेको देखिन्छ।

टर्कीको आपत्कालीन व्यवस्थापन निकाय एएफएडीले भारी वर्षाबाट उत्पन्न घटनाहरू व्यवस्थापन गर्न ‘इमरजेन्सी डेस्क’ स्थापना गरेको छ। बुधबार साँझसम्म एक हजार २७७ बाढीका घटना, १५ पहिरो, ४७ जना अलपत्र र दुई घर भत्केका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij