२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर केही हुनेवाला छैनः अध्यक्ष नेपाल

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर केही हुनेवाला छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा स्वच्छता नभएसम्म जनताका लागि केही गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको द्वितीय स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् ।

उनले भने, ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ । तर कता कता एउटा विषय छुटे जस्तो लाग्यो । जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, सर्मपण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौं ।’

अध्यक्ष नेपालले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताए । उनले मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे ।

उनले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ । सबैभन्दा पहिले आफूले गरेका गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ । मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij