काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको उपलक्ष्यमा अमेरिकाको टेक्ससमा तीज विशेष कार्यक्रम आयोजना हुँदैछ । आगामि अगस्ट ११ तारिख अर्थात् साउन २७ गते साँझ ५ बजेदेखि टेक्ससको 130 Sundance Pkway, Round Rock, TX 78681 मा रहेको अतिथि ग्रील एण्ड बारमा आयोजना हुने कार्यक्रमलाई भव्य बनाउन आयोजकहरु यतिबेला सक्रियताका साथ लागिपरेका छन् ।

उर्मिला पुरी, झरना अधिकारी, विनिता खड्का र सामना देवकोटा चारजना मिलेर मुख्य रुपमा सो कार्यक्रमलाई भव्य बनाउन काम गरिरहेका छन् । उनीहरुका अनुसार नेपाल छाडेर अमेरिका पुगेपनि नेपाली पर्व र संस्कृतिमा रमाउन चाहने महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मिठो दर र उत्कृष्ट सांगितिक एवं सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । सहभागिले मिठो मौलिक दरका परिकारको स्वादसँगै सपरिवार रमाउने अवसर पाउनेछन् । सहभागिलाई उत्कृष्ट कपाल, उत्कृष्ट पहिरन र उत्कृष्ट मेकअप लगायतका विधामा अवार्ड समेत वितरण गरिनेछ । कार्यक्रममा सहभािगताका लागि ३० डलर टिकट शुल्क राखिएको छ । साना नानीबाबुको हकमा भने टिकटदर १० डलरमात्रै रहेको छ ।
दुबोको प्रस्तुति रहेको हरितालिका तीज दर कार्यक्रम २०२४ को इभेन्ट पार्टनरका रुपमा 8848 मिडिया रहेको छ । साइलीको बुटिक ड्रेस पार्टनर हरेको कार्यक्रम मन पसन्द सुपरमार्केटसँगको सहकार्यमा आयोजना गरिएको हो । कार्यक्रमको मिडिया पार्टनरका रुपमा समाज प्रेस डटमक रहेको छ । समाज प्रेस नेपाल र अमेरिका दुवै स्थानबाट सञ्चालनमा रहेको अनलाइन सञ्चारमाध्यम हो । कार्यक्रमलाई अतिथि ग्रील एण्ड बार, इण्डिया गेट, पिपिआरसी र यार्सा रुम्सले विशेष सहयोग गरेका छन् ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij