२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो ।

बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल भइरहेको छ ।

आठविसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की छन् । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij