२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति समक्ष सहकारी पीडितको माग

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति समक्ष सहकारी पीडितको माग

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गरेको छ ।

बुधबारको समितिले सहकारी पीडितहरुसँग छलफल गरेको हो । समितिमा पीडितहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा एक अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन गर्न माग गरेका थिए । बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजीनिति गर्ने कुरामा अग्रसर हुने बताए ।

उनले भने, ‘यो संसदीय छानविन समिति हो, यसले प्रहरीको जस्तो काम गर्दैन । तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’

समितिले सहकारी क्षेत्रमा देखापरेका समस्यामा १५ भन्दा बढी श्रृखलामा छलफल गरेको जनाएको छ । समितिले राष्ट्र बैंकका गर्भनर, वित्तिय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij