२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

नयाँ समीकरण

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दै केपी शर्मा ओली

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दै केपी शर्मा ओली

काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । कांग्रेस र एमालेको शीर्ष तहमा बनेको नयाँ सहमति अनुसार संविधान संशोधन र राजनीतिक स्थिरताका लागि नयाँ सत्ता समीकरण निर्माण भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् । २ वर्षपछि ओलीकै प्रस्तावमा देउवा प्रधानमन्त्री बन्नेछन् । त्यसबीचमा संविधान संशोधन र शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने सहमति कांग्रेस र एमालेबीचमा भएको छ ।

२०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनलगत्तै संसदमा तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । २ महिनामै एमालेसँगको सहकार्य तोडेर प्रचण्डले कांग्रेसलाई सरकारमा ल्याएका थिए । गत फागुनमा कांग्रेससँगको एक वर्षे सहकार्य प्रचण्डले एकपक्षीय रुपमा तोडेका थिए । दुई ठूला दललाई आलोपालो प्रयोग गरेर ५ वर्ष नै प्रधानमन्त्री बन्ने प्रचण्डको प्रयत्नमा ब्रेक लागेको छ । संविधान निर्माणसम्म सहकार्य गरेका कांग्रेस र एमाले त्यसयता सत्ता सहकार्यमा थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij