२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कवि विमल कोइराला सम्मानित

कवि विमल कोइराला सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दशकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पूर्वमुख्यसचिवसमेत रहनुभएका कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै यहाँको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा योजनाबद्ध रूपमा कार्य गरिरहेको बताए । उनले विराटनगरको पहिचान खोज्ने बेला आएको समेत उल्लेख गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्राज्ञ विवश पोखरेल, साहित्यकार रोहिणी रसिक, लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी सोही अवसरमा देवी पन्थी, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, ऋषि तिवारी, स्वीकृति रेग्मी मुना, भूपाल अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij