बाेस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभा अमेरिकाकाे म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न भएको छ ।
नेजा अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा अमेरिकामा नेपाली पत्रकारिता, पत्रकारहरुकाे अवस्था र आगामि दिनमा गर्नुपर्ने कामबारे पर्याप्त छलफल भएकाे थियाे । साधारणसभामा नेजा आबद्ध पत्रकारहरुका साथै मानवअधिकार आयाेगकी सदस्य लिली थापा, पूर्व सूचना आयुक्त यशाेदा तिम्सिना,नेजाका संस्थापक अध्यक्ष गिरिश पाेखरेल, पूर्व अध्यक्ष भाेला आचार्य लगायतकाे विशेष उपस्थिति थियाे । साधारणसभा मूल आयाेजक समितिका संयाेजक एवं नेजाका उत्तरपूर्वी संयाेजक सुपेन्द्र बस्नेतले अतिथिहरुलाई स्वागत गरेका थिए ।

साधारणसभामा नेजाकाे स्मारिका “प्रयास” पनि विमाेचन गरिएकाे थियाे । बन्दसत्रले काेषाध्यक्ष जानू पंगेनी र महासचिव बाबुराम दाहालकाे प्रतिवेदन पारित गरेकाे छ । त्यस्तै नेजाकाे विधान पहिलाे संशाेधन पनि पारित भएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij