काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो ।
कर्णालीका आरिफुल इस्लामले ४४, हुसैन तलातले ४०, पवन सर्राफले नटआउट ३० रन बनाए । काठमाण्डौका कप्तान करण केसीले २ विकेट लिए । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले हराएको थियो । यस्तै काठमाडौँको यो दोस्रो खेल हो । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij