२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मेयर बालेनको ‘कविता’– आत्माले आफू बेच्दैन !

मेयर बालेनको ‘कविता’– आत्माले आफू बेच्दैन !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मानिसको मृत्युबारे यथार्थ वर्णन गरेका छन् । मानिस मरे पनि उसले गरेको गल्ती नमेटिने उनको भनाइ छ ।

शनिबार बेलुका सामाजिक सञ्जालमा कवितात्मक शैलीमा गरिएको एउटा पोस्टमा उनले इतिहास लेखे पनि गल्ती नमेटिने उल्लेख गरेका हुन् ।

गेयात्मक शैलीको पोस्टमा उनले मानिस जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने भन्दै गल्ती गर्न नहुनेप्रति जोड दिएका छन् ।

फेसबुकमा यस्तो छ उनको पोस्ट–

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर, बिर्सिनु पनि त सही छैन…
एक दिन यो पाउले धर्ती टेक्दैन
एक दिन यो शरीरले हुरी छेक्दैन
एक दिन यो आखाले संसार देख्दैन
एक दिन हातले मनको कुरा लेख्दैन
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन
एक दिन,
हामी जति बिकाउ भए पनि
आत्माले आफू बेच्दैन !!

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij